Rule 27
श्रम कार्यालयले जा“च गर्न सक्ने
(१) बालकलाई काममा लगाउने प्रतिष्ठानमा ऐन विपरीत बालकलाई काममा लगाएको वा नलगाएको, काममा लगाइएको बालकको स्वास्थ्य र सुरक्षाको लागि गर्नु पर्ने व्यवस्था गरे वा नगरेको तथा ऐन वा यस नियमावली बमोजिम गर्नु पर्ने अन्य व्यवस्थाहरू गरे वा नगरेको भनी निरीक्षण गर्न खटिएको कर्मचारीले सो अनुरूप आफ्नो कर्तव्य इमान्दारीपूर्वक पालन गरे नगरेको सम्बन्धमा श्रम कार्यालयले स्थलगत निरीक्षण गर्न अर्को कुनै कर्मचारी खटाई छड्के जा“च गराउन सक्नेछ ।
(२) ऐनका दफा १७ को उपदफा (१) बमोजिम पेश भएको निरीक्ष्ँण प्रतिवेदन यथार्थ भए नभएको सम्बन्धमा श्रम कार्यालयले कार्यालयमा रहेको अभिलेख र उपनियम (१) बमोजिम गरिएको छड्के जा“चको प्रतिवेदनस“ग भिडाई जाच गर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम जा“च गर्दा निरीक्षण गर्न खटिएको कर्मचारीले आफ्नो कर्तव्य इमान्दारीपूर्वक पालन नगरेको वा निजले दिएको प्रतिवेदन यथार्थ नभएको पाइएमा निजलाई विभागीय कारबाही हुनेछ ।